إعدادات العرض
मानिस आफ्नो घनिष्ठ मित्रको आचरण र मार्गबाट प्रभावित हुन्छ, त्यसैले तिमीहरूमध्ये प्रत्येकले राम्ररी विचार गरेर…
मानिस आफ्नो घनिष्ठ मित्रको आचरण र मार्गबाट प्रभावित हुन्छ, त्यसैले तिमीहरूमध्ये प्रत्येकले राम्ररी विचार गरेर आफ्नो मित्र चयन गरोस्।
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "मानिस आफ्नो घनिष्ठ मित्रको आचरण र मार्गबाट प्रभावित हुन्छ, त्यसैले तिमीहरूमध्ये प्रत्येकले राम्ररी विचार गरेर आफ्नो मित्र चयन गरोस्।"
الترجمة
العربية বাংলা Bosanski English Español فارسی Français Bahasa Indonesia Русский Tagalog Türkçe اردو 中文 हिन्दी Hausa Kurdî Kiswahili Português සිංහල অসমীয়া ગુજરાતી Tiếng Việt Nederlands Soomaali پښتو Svenska മലയാളം Кыргызча Română తెలుగు ಕನ್ನಡ Српски ქართული Moore Kinyarwanda Magyar Македонски Čeština Lietuvių Українська Wolof አማርኛ Azərbaycan Malagasy Oromoo ไทย मराठी ਪੰਜਾਬੀ Deutsch دری ភាសាខ្មែរالشرح
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, मानिस आफ्नो व्यवहार र बानीमा आफ्नो घनिष्ठ मित्र र साथीसँग मिल्दोजुल्दो हुन्छ र मित्रताको सम्बन्धले मानिसको नैतिकता, आचरण र कार्यहरूमा गहिरो प्रभाव पार्छ। त्यसैले, उहाँले असल साथी चयन गर्न निर्देशन दिनुभएको छ; किनकि असल साथीले आफ्नो मित्रलाई ईमान (आस्था), सही मार्गदर्शन र कल्याणकारी कार्यहरूमा सहयोग पुर्याउँछ।فوائد الحديث
यस हदीसमा असल व्यक्तिहरूसँग संगत गर्न र उनीहरूलाई साथीको रूपमा चयन गर्न आदेश दिइएको छ, साथै खराब व्यक्तिहरूको संगतबाट टाढा रहनका लागि कडा चेतावनी दिएको छ।
यहाँ विशेष गरी मित्रलाई उल्लेख गरिएको छ, नातेदारलाई होइन। किनभने मित्रको चयन व्यक्तिले आफैँले गर्छ, तर दाजुभाइ वा नातेदारको सन्दर्भमा व्यक्तिलाई छनोटको अधिकार प्राप्त हुँदैन।
मित्रता गाँस्नु वा संगत छान्नु गहन सोच-विचार गरेर मात्र गर्नुपर्दछ।
मानिसको धर्म असल आस्थावान्हरूको सङ्गतले बलियो हुन्छ भने पापीहरूको सङ्गतले कमजोर हुन्छ।
