إعدادات العرض
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले अन्सार (मदीनाका सहाबाहरूको एक विशेष समुह) को बारेमा भन्नुभयो: "तिनीहरूलाई केवल…
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले अन्सार (मदीनाका सहाबाहरूको एक विशेष समुह) को बारेमा भन्नुभयो: "तिनीहरूलाई केवल मुमिनले प्रेम गर्नेछन् र कपटीले मात्र तिनीहरूलाई घृणा गर्नेछ । जसले तिनीहरूलाई माया गर्छ, अल्लाहले उसलाई माया गर्नुहुनेछ र जसले तिनीहरूसँग घृणा गर्छ, अल्लाहले उससँग घृणा गर्नुहुनेछ ।
बरा इब्ने आजिब (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले अन्सार (मदीनाका सहाबाहरूको एक विशेष समुह) को बारेमा भन्नुभयो: "तिनीहरूलाई केवल मुमिनले प्रेम गर्नेछन् र कपटीले मात्र तिनीहरूलाई घृणा गर्नेछ । जसले तिनीहरूलाई माया गर्छ, अल्लाहले उसलाई माया गर्नुहुनेछ र जसले तिनीहरूसँग घृणा गर्छ, अल्लाहले उससँग घृणा गर्नुहुनेछ ।"
[सही] [मुत्तफकुन अलैहि]
الترجمة
العربية বাংলা Bosanski English Español فارسی Français Bahasa Indonesia Русский Tagalog Türkçe اردو 中文 हिन्दी Hausa Kurdî Kiswahili Português සිංහල Svenska ગુજરાતી Yorùbá ئۇيغۇرچە Tiếng Việt پښتو অসমীয়া دری Кыргызча or Čeština Română Nederlands Soomaali తెలుగు മലയാളം Lietuvių Српски Українська Kinyarwanda Shqip ಕನ್ನಡ Wolof Moore ქართული Magyar Deutsch தமிழ் Македонски Azərbaycan Malagasy Oromoo ไทย मराठी ਪੰਜਾਬੀ አማርኛ O‘zbek Italiano ភាសាខ្មែរالشرح
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ कि मदीनाका अन्सारीहरूसँग प्रेम गर्नु पूर्ण ईमानको चिन्ह हो र उनीहरूप्रति घृणा राख्नु कपटको चिन्ह हो। यो यसकारण हो किनभने उनीहरूले इस्लाम र नबी (सल्लल्लाहु अलैहि वसल्लम) लाई पूर्ण रूपमा सहयोग गरे, (मक्का र अन्य स्थानबाट आएका) मुहाजिर मुस्लिमहरूलाई आश्रय दिए र अल्लाहको मार्गमा आफ्नो ज्यान र सम्पत्ति खर्च गर्न कुनै कसर बाँकी राखेनन्। त्यसपछि नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो : जसले अन्सारलाई माया गर्छ, अल्लाहले उसलाई माया गर्नुहुन्छ र जसले तिनीहरूसँग घृणा गर्छ, अल्लाहले उससँग घृणा गर्नुहुन्छ ।فوائد الحديث
अन्सारहरूको लागि उच्च स्थान प्रस्ट हुन्छ, किनकि तिनीहरूको प्रेम इमान र कपटबाट मुक्तिको चिन्ह हो ।
अल्लाहका औलिया (सन्त) हरूसँग प्रेम राख्नु र उहाँहरूको समर्थन गर्नुले अल्लाहले आफ्ना भक्तलाई प्रेम गर्नुहुन्छ।
यसबाट इस्लाम धर्ममा प्रारम्भिक अग्रगामीहरूको उत्कृष्टता प्रस्ट हुन्छ।