إعدادات العرض
जब रसूल (सल्लल्लाहु अलैहि वसल्लम) हामीकहाँ आउनुभयो, हामीले भन्यौं: हे अल्लाहका रसूल! तपाईंलाई सलाम (अभिवादन) कसरी…
जब रसूल (सल्लल्लाहु अलैहि वसल्लम) हामीकहाँ आउनुभयो, हामीले भन्यौं: हे अल्लाहका रसूल! तपाईंलाई सलाम (अभिवादन) कसरी गर्ने भनेर हामीले सिकेका छौं, तर तपाईंमाथि दरुद कसरी पठाउने ?
अब्दुर रहमान बिन अबु लैला भन्छन्, काअब् बिन उज्राले मलाई भेटे र भने: के म तिमीलाई कोसेली नदिउँ?" जब रसूल (सल्लल्लाहु अलैहि वसल्लम) हामीकहाँ आउनुभयो, हामीले भन्यौं: हे अल्लाहका रसूल! तपाईंलाई सलाम (अभिवादन) कसरी गर्ने भनेर हामीले सिकेका छौं, तर तपाईंमाथि दरुद कसरी पठाउने ? उहाँले भन्नुभयो: "तिमीहरू यसरी भन: ‘अल्लाहुम्म सल्लि अला मुहम्मद्, व अला आलि मुहम्मद्, कमा सल्लैत अला इब्राहीम्, इन्नक हमीदुम्मजीद् । अल्लाहुम्म बारिक् अला मुहम्मद्, व अला आलि मुहम्मद्, कमा बारक्त अला इब्राहीम्, इन्नक हमीदुम्मजीद्’ ।"
الترجمة
العربية বাংলা Bosanski English Español فارسی Français Bahasa Indonesia Tagalog Türkçe اردو 中文 हिन्दी ئۇيغۇرچە Hausa Português Kurdî සිංහල Русский Svenska ગુજરાતી Yorùbá Tiếng Việt Kiswahili پښتو অসমীয়া دری Кыргызча or Čeština Română Nederlands Soomaali తెలుగు മലയാളം Српски Kinyarwanda ಕನ್ನಡ Lietuvių Wolof Українська ქართული Moore Magyar Shqip Македонски Azərbaycan Malagasy Oromoo Deutsch ไทย मराठी ਪੰਜਾਬੀ አማርኛ O‘zbek Italiano ភាសាខ្មែរالشرح
सहाबाहरूले नबी (सल्लल्लाहु अलैहि वसल्लम) लाई सोधे, हामीले 'अत्तहिय्यातु' मा "अस्सलामु अलैक अय्युहन्नबिय्यु वरह्-मतुल्लाहि व बरकातुहु" द्वारा तपाईंलाई सलाम (अभिवादन) गर्ने तरिका सिकेका छौं, तर दरुद कसरी पठाउने "? त्यसपछि उहाँले दरुद पठाउने तरिका सिकाउनुभयो, जसको अर्थ हो : "अल्लाहुम्म सल्लि अला मुहम्मद्" यसको अर्थ: मुहम्मदको उच्च (उत्कृष्ट र नजिकका फरिश्ताहरू) सभामा सुन्दर शब्दहरूले प्रशंसा गर्नु, उहाँको धर्मका अनुयायीहरू र उहाँका आफन्तमध्येका विश्वास गर्नेहरूलाई पनि सम्मान दिनु। "कमा सल्लैत अला इब्राहीम्" जसरी तपाईंले इब्राहीमको परिवारमाथि आशिर्वाद गर्नुभएको छ । इब्राहीम्को परिवार भनेको इब्राहीम, इस्माइल, इसहाक र तिनीहरूका सन्तान र तिनीहरूका आस्थावान अनुयायीहरू हुन् । त्यसरी नै मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) माथि आफ्नो अनुग्रह विस्तार गर्नुहोस् । "इन्नक हमीदुम्मजीद्" अर्थात : तपाईं आफ्नो स्वभाव, गुण र कर्ममा प्रशंसनीय हुनुहुन्छ र अपार महानता, महिमा र आशीर्वादको मालिक हुनुहुन्छ । "अल्लाहुम्म बारिक् अला मुहम्मद्, व अला आलि मुहम्मद्, कमा बारक्त अला इब्राहीम्" अर्थात्, उहाँलाई सबैभन्दा ठूलो भलाइ र सम्मान प्रदान गर्नुहोस् र यसमा अझै वृद्धि गर्नुहोस् र यसलाई स्थायी राख्नुहोस् इब्राहीम माथि गरेजस्तै।فوائد الحديث
सलफ (पहिलेका निष्ठावानहरू) हरूले एक-अर्कालाई ज्ञानको कोसेली दिने गर्थे ।
नमाजको अन्तिम तशहुदमा रसूल (सल्लल्लाहु अलैहि वसल्लम) मा
दरुद पठाउनु अनिवार्य छ ।
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले आफ्ना साथीहरूलाई उहाँमाथि दरुद पठाउने तरिका सिकाउनुभएको छ ।
यो रसूल (सल्लल्लाहु अलैहि वसल्लम) माथि दरूद पठाउने सबैभन्दा उत्तम शब्दहरू हुन् ।