तिमीहरू मध्ये कसैको वुजू भङ्ग भएमा, पुनः वुजू नगरेसम्म अल्लाहले उसको नमाज स्वीकार गर्नुहुन्न।

तिमीहरू मध्ये कसैको वुजू भङ्ग भएमा, पुनः वुजू नगरेसम्म अल्लाहले उसको नमाज स्वीकार गर्नुहुन्न।

अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "तिमीहरू मध्ये कसैको वुजू भङ्ग भएमा, पुनः वुजू नगरेसम्म अल्लाहले उसको नमाज स्वीकार गर्नुहुन्न।"

[सही] [मुत्तफकुन अलैहि]

الشرح

यस हदीसमा रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ कि नमाज सही हुने सर्तहरू मध्ये एक तहारत (शुद्धता,वुजू) हो । तसर्थ, जसको वुजू पिसाब, दिसा, निद्रा आदि कारणले भङ्ग भएको छ र नमाज पढ्न चाहन्छ भने उसले अनिवार्य रुपमा पुनः वुजू गर्नुपर्दछ ।

فوائد الحديث

अपवित्र भएको अवस्थामा नमाज स्वीकृत हुँदैन, (वीर्य स्खलन वा सम्भोगको कारणले हुने ) ठूलो अपवित्रतामा नुहाउनु पर्छ र (पिसाब, दिसा, निद्रा आदि कारणले हुने ) सानो अपवित्रतामा वुजू गर्नुपर्दछ।

वुजू मुखमा पानी हालेर मुख भित्र घुमाउने र बाहिर फाल्ने (कुल्ला गर्ने) , त्यसपछि नाक भित्र पानी तानेर बाहिर फाल्ने र नाक सफा गर्ने, त्यसपछि आफ्नो अनुहार तीन पटक धुने, त्यसपछि दुवै हात कुहुनो सहित तीन पटक धुने, त्यसपछि पूरै टाउको एक पटक मसह गर्ने (हत्केला भिजाएर पुछ्ने) र अन्तमा दुवै खुट्टा गोलीगाँठो सहित तीन पटक धुने कार्यलाई भनिन्छ ।

التصنيفات

वोजू