जसले व्रत (रोजा) बसेको अवस्थामा बिर्सिएर केही खायो वा पियो भने, उसले आफ्नो व्रत पूरा गरोस्; किनकि उसलाई अल्लाहले नै…

जसले व्रत (रोजा) बसेको अवस्थामा बिर्सिएर केही खायो वा पियो भने, उसले आफ्नो व्रत पूरा गरोस्; किनकि उसलाई अल्लाहले नै ख्वाउनु र पिलाउनु भएको हो।

अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो : "जसले व्रत (रोजा) बसेको अवस्थामा बिर्सिएर केही खायो वा पियो भने, उसले आफ्नो व्रत पूरा गरोस्; किनकि उसलाई अल्लाहले नै ख्वाउनु र पिलाउनु भएको हो।"

[सही] [मुत्तफकुन अलैहि]

الشرح

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले स्पष्ट गर्नुभएको छ कि अनिवार्य वा ऐच्छिक उपवासको अवस्थामा यदि कुनै व्यक्तिले बिर्सिएर खायो वा पियो भने, उसले आफ्नो उपवास पूर्ण गरोस् र त्यसलाई भङ्ग नगरोस्; किनभने उपवास भङ्ग गर्ने उसको कुनै उद्देश्य थिएन। वास्तवमा त्यो अल्लाहद्वारा उसलाई प्रदान गरिएको जीविका हो, जसअन्तर्गत अल्लाहले नै उसलाई ख्वाउनुभयो र पिलाउनुभयो।

فوائد الحديث

यदि कुनै व्यक्तिले बिर्सेर खायो वा पियो भने उसको व्रत मान्य हुनेछ।

बिर्सिएर खाने वा पिउने व्यक्तिलाई कुनै पाप हुँदैन, किनकि यो उसको स्वेच्छाले भएको होइन।"

यसमा भक्तहरूप्रति अल्लाहको दया, उनीहरूका लागि सहजता, र उनीहरूबाट कठिनाइ तथा अप्ठ्यारोहरू हटाउने कुरा प्रष्ट हुन्छ ।

रोजा बस्ने व्यक्तिले रोजा भङ्ग गर्ने कुनै पनि कुरा खाए वा गरे पनि उसको रोजा तबसम्म भङ्ग हुँदैन, जबसम्म तीनवटा सर्तहरू पूरा हुँदैनन्: पहिलो: उसलाई (त्यो कुराले रोजा भङ्ग हुन्छ भन्ने) ज्ञान हुनुपर्छ, यदि ऊ अज्ञानी छ भने रोजा भङ्ग हुँदैन; दोस्रो: उसलाई (आफू रोजामा रहेको) सम्झना हुनुपर्छ, यदि उसले बिर्सिएर खाएको वा गरेको हो भने उसको रोजा सही रहन्छ र उसले त्यसको कजा राख्नु पर्दैन; तेस्रो: उसले त्यो काम आफ्नै इच्छाले गरेको हुनुपर्छ, बाध्यतामा परेर होइन; अर्थात् उसले रोजा भङ्ग गर्ने कुरा आफ्नै राजीखुसीले प्रयोग गरेको हुनुपर्छ।

التصنيفات

व्रत तोड्ने वस्तुहरू