जसले बिर्सेर खायो वा पियो भने, उसले आफ्नो रोजा पूरा गरोस्। किनकि अल्लाहले उसलाई खुवाएका हुन् र पिउन दिएका हुन्।

जसले बिर्सेर खायो वा पियो भने, उसले आफ्नो रोजा पूरा गरोस्। किनकि अल्लाहले उसलाई खुवाएका हुन् र पिउन दिएका हुन्।

अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो : "जसले बिर्सेर खायो वा पियो भने, उसले आफ्नो रोजा पूरा गरोस्। किनकि अल्लाहले उसलाई खुवाएका हुन् र पिउन दिएका हुन्।"

[सही] [मुत्तफकुन अलैहि]

الشرح

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, जो कोहीले रोजा राखेको बेला बिर्सेर केही खानपिन गर्छ, चाहे त्यो फर्ज होस् वा नफिल, उसले आफ्नो रोजा पूरा गर्नुपर्छ। उसले त्यो तोड्नु हुँदैन। किनकि उसको उद्देश्य खान र पिउन थिएन। बरु, अल्लाह आफैंले उसलाई खुवाउनुभयो र पिउन दिनुभयो।

فوائد الحديث

यदि कुनै व्यक्तिले बिर्सेर खायो वा पियो भने उसको व्रत मान्य हुनेछ।

बिर्सेर खायो वा पियो भने कुनै पाप छैन, किनकि त्यसमाथि उसको कुनै नियन्त्रण हुँदैन।

आफ्ना सेवकहरूप्रति अल्लाहको दया, उनीहरूका लागि चीजहरू सजिलो बनाउने, उनीहरूबाट कठिनाइ र समस्या हटाउने।

तीनवटा सर्तहरू पूरा नभएसम्म रोजा तोड्ने कुनै पनि चीजले रोजा भङ्ग हुँदैन: १- ज्ञान हुँदाहुँदै रोजा तोड्ने काम गर्यो। यदि उसलाई ज्ञान थिएन भने, रोजा तोडिने छैन। २- सम्झेर तोड्ने काम गर्यो। यदि उसले बिर्सेर गर्यो भने, उसको रोजा मान्य हुनेछ र छुटेका रोजाहरूको कजा गर्नु पर्ने छैन। ३- आफ्नै स्वेच्छाले व्रत तोड्ने काम गरेको हुनुपर्छ। उसलाई कुनै दबाब थिएन।

التصنيفات

व्रत तोड्ने वस्तुहरू