फिकह र उसूले फिकह - الصفحة 3

फिकह र उसूले फिकह - الصفحة 3

19- नबी (सल्लल्लाहु अलैहि वसल्लम) को 'तल्बिया' यस प्रकार थियो: "लब्बैक अल्लाहुम्मा लब्बैक्, लब्बैक ला शरीक लका लब्बैक्, इन्नल्-हम्दा वन्-निअ्मता लका वल्-मुल्क्, ला शरीक लक्।" अर्थ: "हे अल्लाह! म उपस्थित छु, म उपस्थित छु। तपाईंको कोही साझेदार छैन, म उपस्थित छु। निश्चय नै समस्त प्रशंसा तपाईंकै लागि हो, समस्त वरदान तपाईंबाटै प्राप्त हुन्छ र सम्पूर्ण साम्राज्य तपाईंकै हो। तपाईंको कोही साझेदार छैन।

22- “के अल्लाहले तिमीहरूलाई दान गर्ने (अवसर) दिनुभएको छैन र? ‘सुब्हानल्लाह’ भन्नु (तस्बीह) दान हो, ‘अल्लाहु अकबर’ भन्नु (तकबीर) दान हो, ‘अल्हम्दुलिल्लाह’ भन्नु (तह्मीद) दान हो, ‘ला इलााह इल्लल्लाह’ भन्नु (तहलील) दान हो, भलाइको आदेश दिनु दान हो, नराम्रो कामबाट रोक्नु दान हो, अनि तिमीहरू मध्ये कसैले आफ्नो दम्पतिसँग शारीरिक सम्बन्ध राख्दछ भने त्यो पनि दान हो।”

25- सूरह नस्रको यो आयत "इजा जा-अ नस्रुल्लाही वल फत्ह" (जब अल्लाहका तर्फबाट मद्दत र विजय आयो) (सूरतुन्नस्र: १) अवतरण भएपछि जब पनि नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले नमाज पढ्नुहुन्थ्यो, तब यो दुआ पढ्नुहुन्थ्यो: "सुब्हानक रब्बना व बिहम्दिक अल्लाहुम्मग्फिरली" (हे अल्लाह, हाम्रा पालनकर्ता! तपाईं पवित्र हुनुहुन्छ र तपाईंकै लागि सम्पूर्ण प्रशंसा छ। हे अल्लाह! मलाई क्षमा गर्नुहोस्)।