इबादत (उपासना) को न्यायशास्त्र - الصفحة 2

इबादत (उपासना) को न्यायशास्त्र - الصفحة 2

12- जसले अज़ान सुनेपछि भन्छ: اللَّهُمَّ رَبَّ هَذِهِ الدَّعْوَةِ التَّامَّةِ، وَالصَّلاَةِ القَائِمَةِ، آتِ مُحَمَّدًا الوَسِيلَةَ وَالفَضِيلَةَ، وَابْعَثْهُ مَقَامًا مَحْمُودًا الَّذِي وَعَدْتَهُ (हे अल्लाह! यस सम्पूर्ण आह्वान र स्थिर प्रार्थनाका मालिक, रसूल अलैहि व सल्लम) लाई वसीला (जन्नतमा सबै भन्दा ऊँच्च स्थान) र श्रेष्ठतम दर्जा प्रदान गर्नुहोस् र उहाँलाई त्यो प्रशंसनीय स्थान दिनुहोस् जुन तपाईंले उहाँलाई वाचा गर्नुभएको हो)। "कयामतको दिन उसको लागि मेरो सिफारिश अनिवार्य हुनेछ।

16- जसले प्रत्येक नमाजपछि ‘सुब्हानअल्लाह्’ ३३ पटक, ‘अल्हम्दु-लिल्लाह्’ ३३ पटक, ‘अल्लाहु-अक्बर’ ३३ पटक, यो कुल ९९ पटक भयो, त्यसपछि ‘ला इलाह इल्लल्लाहु वह्दहू ला शरीक लहु, लहुल्मुल्कु व लहुल्-हम्दु वहुव अला कुल्लि शैइन् कदीर्’ १ पटक भनेर १०० को संख्या पुरा गर्छ, उसका सम्पूर्ण पापहरू क्षमा गरिन्छन्, चाहे ती समुद्रको फिँज बराबर नै किन नहुन् ।”

27- कर्म ६ प्रकारका र मानव ४ प्रकारका हुन्छन् । तीमध्ये (स्वर्ग वा नरक) अनिवार्य गर्ने दुईवटा कर्म छन्, र (बाँकी ४ प्रकारका कर्महरू मध्ये ) एउटा कर्मको प्रतिफल कर्म अनुसार नै पाइनेछ, र अर्को कर्मको प्रतिफल दश गुणा बढी र केही कर्मको प्रतिफल सात सय गुणा बढी प्राप्त हुनेछ

69- नबी (सल्लल्लाहु अलैहि वसल्लम) को 'तल्बिया' यस प्रकार थियो: "लब्बैक अल्लाहुम्मा लब्बैक्, लब्बैक ला शरीक लका लब्बैक्, इन्नल्-हम्दा वन्-निअ्मता लका वल्-मुल्क्, ला शरीक लक्।" अर्थ: "हे अल्लाह! म उपस्थित छु, म उपस्थित छु। तपाईंको कोही साझेदार छैन, म उपस्थित छु। निश्चय नै समस्त प्रशंसा तपाईंकै लागि हो, समस्त वरदान तपाईंबाटै प्राप्त हुन्छ र सम्पूर्ण साम्राज्य तपाईंकै हो। तपाईंको कोही साझेदार छैन।

72- “के अल्लाहले तिमीहरूलाई दान गर्ने (अवसर) दिनुभएको छैन र? ‘सुब्हानल्लाह’ भन्नु (तस्बीह) दान हो, ‘अल्लाहु अकबर’ भन्नु (तकबीर) दान हो, ‘अल्हम्दुलिल्लाह’ भन्नु (तह्मीद) दान हो, ‘ला इलााह इल्लल्लाह’ भन्नु (तहलील) दान हो, भलाइको आदेश दिनु दान हो, नराम्रो कामबाट रोक्नु दान हो, अनि तिमीहरू मध्ये कसैले आफ्नो दम्पतिसँग शारीरिक सम्बन्ध राख्दछ भने त्यो पनि दान हो।”

75- सूरह नस्रको यो आयत "इजा जा-अ नस्रुल्लाही वल फत्ह" (जब अल्लाहका तर्फबाट मद्दत र विजय आयो) (सूरतुन्नस्र: १) अवतरण भएपछि जब पनि नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले नमाज पढ्नुहुन्थ्यो, तब यो दुआ पढ्नुहुन्थ्यो: "सुब्हानक रब्बना व बिहम्दिक अल्लाहुम्मग्फिरली" (हे अल्लाह, हाम्रा पालनकर्ता! तपाईं पवित्र हुनुहुन्छ र तपाईंकै लागि सम्पूर्ण प्रशंसा छ। हे अल्लाह! मलाई क्षमा गर्नुहोस्)।